सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’मा

5 May, 2024

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ भएको छ।

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाईका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो । पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरी पछि धकेलिएको हो।

उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाई गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो।

यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो। अब उक्त मुद्दामा अर्को सुनुवाईका लागि पेशी तय हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]