रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

5 May, 2024

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। गएराति भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्दतमा अना नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो ।

खेल सुरु भएको पाँचौ मिनेटमा नै रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । १२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

खेलको १८औं मिनेटमा ओटाभियोले गोल गरेपछि अल नासरले खेलमा ३–० ले अघि बढ्यो । ४५औं मिनेटमा साडियो मानेको गोल गरेपछि पहिलो हाफमा अल नासार ४–० को अग्रतामा कायम रहन सफल भएको थियो ।

खेलको ५२औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अल नासरले ५–० कोको अग्रता कायम गर्न सफल बन्यो। खेलको छैठौँ गोल ८८औं मिनेटमा सम्भव बन्यो। अल नासारको लागि मोहमद अल फाटिलले गोल गर्दै टिमलाई ६–० को सानदार जित दिलाए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]