सन्दीपको मुद्दा जेठ १ गते सुनुवाई हुने

5 May, 2024

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनमा अर्को पेसी जेठ १ गतेका लागि तय भएको छ । आइतबार सुनुवाईका लागि पेशी तय भए पनि ‘हेर्न नमिल्ने’ भएपछि सुनवाइ स्थगित गरिएको थियो।

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाईका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो । पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरी पछि सरेको हो।

उक्त मुद्दालाई यसअघि उच्च अदालत पाटनले प्राथमिकतामा राखेर सुनुवाई गर्न अग्राधिकार प्रदान गरेको छ।

यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो। अब उक्त मुद्दामा जेठ १ गते अर्को सुनुवाईका लागि पेशी तय हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]