सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अमेरिका पुग्यो नेपाली टिम, केही दिन अभ्यास गरेर वेस्टइन्डिज जाने

टि–२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ। विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो।

नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जानेछ। त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने तयारी छ।

नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ।

दोस्रो पटक टि–२० विश्वकप खेल्न लागेको नेपालले जुन ४मा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ।

1.3Kशेयर