कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा तालको किनारमा आयोजित कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ।
रारा किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेत जितेको हो।
शुक्रवार प्रथम उपाधि लागि भएको फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको छ भने महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो।
फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र बनाइ उप बिजेता बन्यो । त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्तगरी उपबिजेता भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिए।
पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएको आयोजक समितिले बताएको छ।
प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिमतर्फ हुम्ला बाहेक नौं जिल्लाको सहभागिता रहेको थियो। महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य सात जिल्लाको सहभागिता रहेको थियो।
बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो । शुक्रवार समापन भएको उक्त प्रतियोगितामा निवर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमको समेत सहभागिता रहेको थियो।