शुभमन गिल र साई सुदर्शनले सानदार शतक प्रहार गरेपछि आईपिएलमा गुजरात टाइटन्स विजयी भएको छ। गिल र सुदर्शनको शतक मद्दतमा गुजरातले चेन्नेईलाई ३५ रनले हरायो।
गुजरातले दिलएको २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनाउन सक्यो। उसका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए। उनले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, मोइन अलिले ३६ समान ४ चौका र छक्का प्रहार गर्दै ५६ रन बनाए। यस्तै, महेन्द्रसिंह धोनीले ११ बलमा १ चौका र ३ छक्का मद्दतमा २६ र शिवम दुबेले २१ रन बनाए।
गुजरातका मोहित शर्माले ३, राशिद खानले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनायो।
गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए।
चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए।
यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ।