कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा, परेनन् कासेमिरो, जेसुस र रिचार्लिसन

11 May, 2024

अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक डोरिभल जुनियरले केही सिनियर खेलाडीहरुलाई बाहिर राख्दै ब्राजिलको टिम घोषणा गरेका हुन्।

उनले कप्तान कासेमिरो, स्ट्राइकरद्वय ग्याब्रियल जेसुस र रिचार्लिसनलाई टिमभन्दा बाहिर राखेका छन् । यी तीनै खेलाडी अहिले फर्मममा छैनन्। यस्तै, स्टार नेमार पनि टिममा छैन। उनी चोटका कारण कोपा अमेरिकाको टिमम नपरेका हुन्।

ब्राजिललको टिममा एन्ड्रिक, लुकास बेलार्डो, यान कुटो, साभिन्होजस्ता इनफर्म युवा खेलाडीलाई टिममा राख्दा मार्किन्होस, डानिलो, एलिन्सन जस्ता अनुभवी खेलाडी पनि टिममा छन्।

यस्तै, टिममा उत्कृष्ट फर्ममा रहेका भिनिसियस जुनियर, रोड्रिगो, राफिन्हा, ब्रुनो गुइमारेस जस्ता खेलाडी पनि छन्।

कोपा अमेरिका जुन २०बाट सुरु हुँदैछ।

ब्राजिलियन टिम : एलिन्सन, इडर्सन, बेन्टो (गोलकिपर), लुकास बेलार्डो, इडर मिलिटाओ, ग्याब्रियल मांगालस, मार्किन्होस, डानिलो, यान कुटो, गुहेर्मे अरना, वेन्डेल (डिफेन्डर), आन्द्रेस परेरा, ब्रुनो गुइमारेस, डग्लस लुइस, जोआ गोमेस, लुकास पक्वेटा (मिडफिल्डर), एन्ड्रिक, इभानिल्सन, ग्याब्रियल मार्टिनेली, रोफिन्हा, रोड्रिगो, साभिन्हो र भिनिसियस जुनियर (स्ट्राइकर)।