प्रमुख खेलाडीविनै रियलको सानदार जित

12 May, 2024

प्रमुख खेलाडीहरु विनै मैदान उत्रिएको रियल मड्रिड ला लागिमा सानदार जित निकालेको छ। भिनिसिय जुनियर, जुड बेलिङहम, रोड्रिगोजस्ता प्रुमख खेलाडीलाई आराम दिइएको खेलमा रियलले ग्रानडामाथि ४–०को सानदार जित निकाल्यो।

ग्रान्डालाई उसकै मैदानमा हराउन ब्राहिम डियाजले २ तथा फरान गार्सिया र अर्दा गुलेरले गोल गरे।

३८औं मिनेटमा गार्सियाको गोलमा रियलले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा गुलेरले रियलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा डिजाजले २ गोल गर्दै टिमलाई ४–०को जित दिलाए। ४९औं र ५८औं मिनेटमा गोल गरेका थिए।

यसअघि नै उपाधि जितिसकेको रियल ३५ खेलबाट ९० अंकसहित शीर्ष स्थानमा छ। यता, ग्रानडा २१ अंकसहित पुछारमा रहँदै रेगिसकेमा परेको छ।

यस्तै, अन्य खेलमा मालोर्को लस पाल्मसलाई १–०ले हराउँदा भिल्लारियलले सेभियामाथि ३–२को जित निकाल्यो। यस्तै, एथ्लेटि क्लब र ओसासुनाले २–२ गोलको बराबरी खेलेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]