एस्टन भिल्लाले लिभरपुललाई रोक्यो

14 May, 2024

नाटकीय पुनरागमन रच्दै एस्टन भिल्लाले सोमबार इंग्लिस प्रिमियर लिगमा बराबरी खेलेको छ।

सोमबार राति भएको खेलमा एस्टन भिल्लाले २ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै लिभरपुललाई ३–३ को बराबरीमा रोकेको हो।

भिल्लाका इमिलिआनो मार्टिनेजले दोस्रो मिनेटमै आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो। १२ औं मिनेटमा योरी टेलिमन्सले ओलस् वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए।

२३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो। ४८औं मिनेटमा जेरेल अमोरिन क्वान्साले गोल गरेपछि ३–१ ले अघि रहेको थियो। तर, निर्धारित समय सकिन अन्तिम ५ मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमाएको थियो ।

८५औं मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए। उनैले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए।

यो नतिजापछि भिल्ला ६८ अंकमा चौथोमा रह्यो र यो पाँचौंमा रहेको टोटनहमसँग पाँच अंकको दूरी हो । लिभरपुल भने ७९ अंकका साथ तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]