सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भाेलि फैसला आउने

14 May, 2024

क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए। भोलि पनि यो मुद्दा भट्ट र ढकालकै इजलाशमा अघि बढ्नेछ।

सन्दीपका वकिल र गौशाला २६का तर्फबाट सरकारी र निजी वकिलको बहस सकिएको छ। बहस सकिएकाले फैसला भोलि नै आउनसक्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]