सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

लागतार तेस्रो जितसँगै एपिएफ मेयर्स कप महिला क्रिकेटको फाइनलमा

[et_pb_section][et_pb_row][et_pb_column type=”4_4″][et_pb_text]

विभागीय टिम एपिएफ क्लब काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्दै एपिएफले एक खेल बाँकी छँदै फाइलनमा स्थान पक्का गरेको हो।

प्रतियोगितामा लागतार तेस्रो जित निकाल्ने क्रममा बुधबार भएको पहिलो खेलमा एपिएफले आयोजक ललितपुर ११लाई ८ विकेटले हरायो। यसअघि एपीएफले बागमती प्रदेशलाई ८ विकेट र कोशी प्रदेशलाई २४ रनले हराएको थियो।

टियू मैदानमा ७२ रनको सामान्य लक्ष्य एपीएफले ९.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तान सीता रानामगरले अर्धशतक बनाइन्। उनले ३८ बलमा ८ चौकासहित५० रन बनाइन्।

यस्तै, ममता चौधरीले १६ रनको योगदान दिइन्। बलिङमा ललितपुरका कृतिका मरासिनीले लिइन्।

पहिला ब्याटिङ गरेको ललितपुर ११ ले २० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन मात्र बनाउन सकेको थियो। कप्तान पूजा महतोले २४ र ज्योत्स्निका मरासिनी २१ रन बनाउँदा अन्यले गतिलो योगदान दिन सकेनन्।

ललितपुरलाई सस्तैमा रोक्ने क्रममा एपीएफकी रेखा रावल र सीता रानामगरले समान १ विकेट लिए।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]
267शेयर