सन्दीपको फैसला सुनाउने तयारी, उच्च अदालतमा भीड, सुरक्षामा कडाई

15 May, 2024

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने तयारी गरेको छ।

फैसला आउने भएपछि अदालतमा पक्षविपक्षको भिड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले अदालत परिषरमा दर्जनौंको संख्यामा प्रहरी पुगेका छन्।

लामिछानेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लगातार सुनुवाइ भइरहेको छ। बुधबार जवाफी बहस सकेर फैसला सुनाउने तयारी छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]