सन्दीपको मुद्दामा बहश लम्बिएपछि इजलासको ध्यानाकर्षण

15 May, 2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस लम्बिएपछि चाँडो सकाउन इजलासले कानुनव्यवसायीको ध्यनानाकर्षण गराएको छ।

चिया समय अघि बहस सकाउने भनिए पनि पीडितका तर्फबाट कानुन व्यवसायीको संख्या धेरै भएका कारण बहस लम्बिएको हो। बुधवार बिहानदेखि जाहेरवालाका कानुनव्यवसायीको बहस निरन्तर चलिरहेको छ।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा मुद्दा ‘हेर्दा हेर्दै’ को अवस्थामा सुनुवाई चलिरहेको छ।

इजलासबाट चिया समयसम्म सक्नेगरि न्यायाधीशहरुले डेढ घण्टा र लामिछानेका कानुन व्यवसायीलाई जवाफका लागि १ घण्टाको समय निर्धारण गरेका थिए।

जाहेरवालाका तर्फबाट वहशका लागि समय माग भएपछि इजलासले केही समय उपलब्ध गराएको छ। पीडिततर्फको बहस सकिएपछि विपक्षीका कानुन व्यवसायीले बहश गर्ने छन्।

इजलास आजै फैसला सुनाउने तयारीमा छ । लामिछानले पनि इजलासमै बसेर बहस सुनेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]