सन्दीपको मुद्दाको फैसला केहीबेरमा आउने

15 May, 2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसला केही बेरमा आउने भएको छ। मुद्दामा सबै प्रक्रिया सकेर उच्च अदालत पाटनका न्यायाधीशहरुले फैसलाको तयार गरेका छन्।

दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएपछि न्यायधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीले होटलको सिसिटिभी फुटेज हेरेका थिए।

त्यही सिसिटभी फुटेज हेरेपछि उनीहरुले फैसला तयार गरेका हुन्।

जिल्ला अदालत काठमाडौैंका फैसलाविरुद्ध सन्दीपले दिएको पुनरावेदन निवेदनमाथि हिजोबाट बहस सुरु भएको थियो। हिजो दुवै तर्फबाट वकिलले बहस गरेका थिए।

आज ११ बजेबाट सुरु भएको इलाशमा दुवै तर्फका वकिले जवाफी बहस गरेका थिए।

मुद्दाको फैसला आउनेभएपछि उच्च अदालत पाटन क्षेत्र ठूलो संख्यामा समर्थक र पत्रकारहरुको भीड लागेको छ। त्यस क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ।