काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटलले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएको छ।
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले गरेको पुरावेदन निवेदनमाथि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीप निर्दोष रहेको ठरह गरेको हो।
सफाई पाएपछि सन्दीपले अदालतप्रति आफ्नो विश्वास रहेको र निरन्तर रहने बताए । उनले ढिलै भएपनि आफूले न्याय पाएको बताएका छन्।
साथै सन्दीपले न्यायमूर्तिहरुप्रति पनि आभार व्यक्त गरेका छन्। उनले आफूप्रति विश्वास गर्ने गर्ने शुभचिन्तकहरुलाई धन्यावाद दिएका छन्।
‘कठिन अवस्थामा पनि मलाई तपाईंहरुको साथ र हौसलाले बलियो बनाइराख्यो। यसका लागि म सदा ऋणी रहनेछु,’ सन्दीपले भने ‘समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ।’
जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै सन्दीपले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्याएको थिएँ त्यसभन्दा पनि माथि पुर्याउन ।’