सन्दीपले विश्वकप खेल्छन्, क्यानले आफ्नै खर्चमा पनि पठाउँछ : क्यान कोषाध्यक्ष खड्का

15 May, 2024

जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई सफाई दिएपछि उनले आसन्न टि–२० विश्वकप खेल्ने सम्भावना बढेको छ।

उच्च अदालतको फैसला लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथि लागेको प्रतिबन्ध हटाएको छ। यसले पनि सन्दीपले विश्वकप खेल्ने लगभग पक्का जस्तै गरेको छ।

तर, क्यानले सन्दीपलाई विश्वकपका लागि पठाउने औपचािरक निणर्य भने गरेको छैन।

यता, क्यानको कोषाध्यक्ष पदम खड्काले सन्दीपले विश्वकप खेल्ने बताएका छन्। त्यसको निर्णय भोलिसम्म निर्णय गरेर सन्दीपलाई विश्वकपका लागि पठाउने उनले बताएका छन्।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं, शतप्रतिशत ढुक्क हुनुस्,’ उनले भने, क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ।’

विश्वकपको तयारीका लागि नेपाली टिम २ साताअघि नै अमेरिका पुगिसकेको छ। अमेरिका पुगेका १५ सदस्यीय टिमबाट १ खेलाडीलाई निकाल्दै सन्दीपलाई विश्वकप खेलाउने उनले बताए।

कसको स्थानमा सन्दीपले विश्वकप खेल्छन्, त्यो भने कप्तान र प्रशिक्षकमा भर पर्ने उनले बताए। सम्भवतः सागर ढकाल या प्रतिश जिसी मध्ये एकजनाले विश्वकप गुमाउने छन्।

‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा हामी लागिसक्यौं,’ खड्काले भने।

मे २४ सम्म खेलाडी परितर्वन गर्न पाउने सीमा रहेकाले पनि सन्दीपले विश्वकप खेल्न सहज बनेको हो। सन्दीप नेपालका सबैभन्दा सफल र उत्कृष्ट बलर हुन्। केही समययता बलिङमा केही कमजोर देखिएको नेपाली टिम सन्दीपको आगमनपछि थप बलियो हुनेछ।