युभेन्टसले जित्यो इटालियन कपको उपाधि

16 May, 2024

युभेन्टसले इटालियन कपको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा एटलान्टालाई १–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ।

यता, यो हारेले हारले ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रह्यो।

डुसान भ्लाहोभिचले चौथो मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि पर्याप्त रह्यो । युभेन्टसले इटालियन कपको उपाधि जितेको यो कीर्तिमान १५ औं पल्ट हो ।

यससँगै युभेन्टसको तीन वर्ष लामो उपाधिविहीन यात्रामा पनि पूर्णविराम लागेको छ । एटलान्टाले सन् १९६३ मा अन्तिम पटक कुनै फुटबलको उपाधि जितेको थियो । उसले अब अर्को साता हुने युरोपा कपको फाइनलमा बायर लेभरकुजनको सामना गर्नेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]