बायर लेभरकुसनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ।
यसअघि नै उपाधि पक्का गरिसकेको लेभरकुजनले शनिबार भएको अन्तिम लिग खेलमा अग्सवर्षलाई २–१ ले पराजित गर्दै अपराजित रहेको हो।
युरोपको टप फाइभ लिगमा पराजित रहँदै उपाधि जित्ने लेभरकुसन तेस्रो टिम हो। यसअघि यो उपलब्धि प्रिमियर लिगमा आर्सनल र सिरिएमा युभेन्ट्सले हासिल गरेका थिए।

लेभरकुजनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले गोल गरे। खेलको १२औँ मिनेटमै बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए २७औँ मिनेटमा एन्ड्रिचले गोल गर्दै लेभरकुजनको अग्रता दोब्बर बनाए।
अग्सवर्गका लागि ६२औं मिनेटमा मेर्ट कोमरले एक गोल फर्काए।
लेभरकुजनले जर्मन बुण्डेसलिगामा अपराजित रहँदै पहिलो टोली बन्यो। उसले ३४ खेल खेल्दा २८ खेल जित्यो भने ६ खेल बराबरी खेलेको थियो। लेभरकुजनले ३४ खेलबाट ९० अंक जोड्यो ।
जावी अलोन्सोको लेभरकुजनले यस सिजन गज्जबको प्रदर्शन गरिरहेको र अपराजित यात्रालाई ५१ सम्म पुर्याएको छ । लेभरुकजनले यसै जर्मन कप र युरोपा कपको फाइनल खेल्न बाँकी छ। त्यो दुवै जितेमा ट्रेबल उपाधि जित्नेछ र अपराजित यात्रा ५३ पुग्नेछ।

लेभरकुजनले पछिल्लो पटक गत सिजन बुचोमसँग ३-० ले पराजित भएको थियो । त्यसपछि कुनै खेल हारेको छैन।