कोपा अमेरिकाका लागि अर्जेन्टिनाको प्रारम्भिक टिममा पनि परेनन् डिबाला

21 May, 2024

इटालियन क्लब रोमाका स्टार अट्याटिकङ मिडफिल्डर पाउलो डिबाला आसन्न कोपा अमेरिकाका लागि घोषणा गरिएको अर्जेन्टिनाको प्ररम्भिक टिममा पनि स्थान बनाउन असफल भएका छन्।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कोलानलीले सोमबार राति २ मैत्रीपूर्ण खेलका लागि डिबालालाई बाहिर राख्दै २९ सदस्यीय टिम घोषणा गरेका छन्।

उनले आसन्न कोपा अमेरिका लागि यही प्रारम्भिक टिमबाट २६ सदस्यीय टिम घोषणा गर्ने जनाएका छन्।

यो सिजन रोमाबाट चोटले सताइएपनि डिबालाले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले यो जिन ३६ खेलमा १६ गोल गरेका छन्। तर, पनि उनी कोपा अमेरिकाको प्रारम्भिक टिममा स्थान बनाउन सकेनन्।

डिबाला अर्जेन्टिनाका अभागी खेलाडीम पर्छन्। उनले उत्कृष्ट प्रदर्शन गछन्, टिममा पनि पर्छन् । तर, उनी कमैमात्र मैदान उत्रने मौका पाउनेछन्।

सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनाले विश्वकप जित्दा डिबालाले केही सेमिफाइनल र फाइनल गरी कुल १६ मिनेटमात्र खेल्न पाएका थिए। उनले सेमिफाइनलमा क्रोएसियाविरुद्ध १६ र फाइनलमा फ्रान्सविरुद्ध १ मिनेट खेलेका थिए। यस्तै, उनले सन् २०१८को विश्वकपमा क्रोएसियाविरुद्ध समूह चरणमा २२ मिनेट खेल्ने अवसर पाएका थिए।

सन् २०१५मा राष्ट्रिय टिममा डेब्यू गरेका डिबालाले त्यसयता ९ वर्षमा ३८ खेल खेल्दै ९ गोल गरेका छन्।

अर्जेन्टिनाले जुन ९ मा इक्वेडर र जुन र १४ ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यो खेलपछि अमेरिकामा हुने कोपा अमेरिकाका लागि अर्जेन्टिनाले २६ सदस्यीय टिम घोषणा गर्ने छ।

यस्तो छ अर्जेन्टिनाको टोली

गोलकिपरः फ्रान्को अरमानी, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज

डिफेन्डरः गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्डो बलार्डी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, भ्यालेन्टीन बारको

मिडफिल्डरः गुइडो रोड्रिग्वेज, लिआन्ड्रो परेडेस, एलेक्सिस म्याकएलिस्टर, रोड्रिगो डे पाउल, एक्क्विएल पलासिओस, एन्जो फर्नान्डेज, जियोवानी लो सेल्सो

फरवार्डः एन्जल डि मारिया, भ्यालेन्टीन कार्बोनी, लियोनेल मेस्सी, एन्जल कोरिया, एलेजान्ड्रो गार्नाचो, निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज