पोचेटिनोले एक वर्षमै छाडे चेल्सी

22 May, 2024

इंग्लिस क्लब चेल्सीका अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले १ वर्षमै क्लब छाडेका छन्।

खेलाडी भित्र्याउन ठूलो रकम खर्चिएपछि लिगमा टिमले राम्रो प्रदर्शन गर्न नसेपछि पोचेटिनोमाथि दबाब थियो। चेल्सीले आपसी सहमतिमै ्प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ।

सिजनको अन्त्यतिर लय समाटेको चेल्सी यस सिजनको अन्त्यमा लिगमा छैटौं स्थानमा रह्यो । तर कुनै उपाधि जित्न नसकेको चेल्सीले युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन पनि असफल रह्यो ।

चेल्सीले पछिल्ला दुई सिजन नयाँ खेलाडीमा एक विलियन पाउन्ड खर्चेको भएता पनि मैदानमा त्यसअनुसारको प्रदर्शन भने गर्न सकेन। चेल्सीले यसपल्ट एफएकपको फाइनलमा लिभरपुलसँग पराजित भएको थियो । एफए कपमा भने सेमिफाइनलमै रोकिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]