रोनाल्डोले कीर्तिमान बनाएको खेलमा अल नासरको जित

28 May, 2024

स्टार स्ट्राइकर क्रिस्टियानो रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा अल नासर विजयी भएको छ।

रोनाल्डोले एकै सिजन साउदी प्रो लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएको खेलमा अल नासरले अल इतिहादमाथि ४–२को जित निकाल्यो।

खेलमा २ गोल गरेका रोनाल्डोले यो सिजन लिगमा कुल ३५ गोल गरेका छन्। ३९ वर्षीय रोनाल्डोले अब्देराजाक हमदाल्लाले ३४ गोलको कीर्तिमान तोडेका हुन्।

सन् २०२३ जनवरीमा साउदी पुगेकारोनाल्डो अल नासेरका लागि सबै खाले प्रतियोगितामा ६९ खेलमा ६४ गोल गरेका छन्।

खेलमा उनका अलावा अब्दुलरहमान घरिब र मेसारी अल नेमरले पनि गोल गरेका थिए। इतिहादमा साइल अल समार्नी र फाबिन्होले गोल गरेका थिए। ६६औं डिफेन्डर अल मान्हालीले रातो कार्ड भएपछि इतिहाद १० खलाडीमा सकेटिएको थियो।

जितसँगै अल नासरले लिग दोस्रो स्थानमा सकाएको छ। उसले ३४ खेलमा ८२ अंक जोडेको छ। अपराजित रहँदै अल हिलालले उपाधि जितेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]