नोपल क्रिकेट संघ (क्यान) अध्यक्ष चुतरबहादुर चन्द टि–२० विश्वकपमा सहभागी हुन अहिले अमेरिकामा छन्।
सन्दीप लामिछानेको भिसाका लागि पहल नगरेको भन्दै नेपमाल चर्को आलोचना भएपछि केहीअघि नै श्रीमतिसहित अमेरिका पुगेका चन्दले सामाजिक सञ्जाल मार्फत यसको खण्डन गरेका छन्।
अध्यक्ष चन्दले सन्दीपले विश्वकप खेल्न नपाउँदा दुखी भएको भन्दै यो विश्वकप खेल्न नपाउँदैमा न सन्दीपको केरियर समाप्त नहुने बताएका छन्।
‘सन्दिपजस्तो बहुप्रतिभाशाली खेलाडी जसका कारणले पनि आज हामी विश्वकप खेल्दैछौं, स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौं,’ उनले लेखेका छन्, तर, यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करियर समाप्त हुनेछ, न नेपालको क्रिकेट । सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु।’
उनले सन्दीपको न्यायको लागि आफूले क्यानको अध्यक्षको हैसियतमा मात्र नभएर एउटा अभिभावकको रुपमा करिअरको प्रवाह नै गरी दवाब, प्रभाव र आक्रमणहरुको सामना गर्दै लागेको स्मण गराएका छन्।
उनले सन्दीपको भीसाका लािग क्यानले हदैसम्मको अन्तरिक प्रयासस गरेको उनले उल्लेख गरेका छन्। ती प्रयासका प्रमाणहरु आफूले सस्तो लोकप्रियताका लागि सार्वजनिक गर्न नचाहेको बताएका छन्।
साथै उनले विश्वकपमा सहभागी देशको क्रिकेट संघको अध्यक्ष, त्यो पनि आईसिसीको नियन्त्रणामा विश्वकपमा सहभागी भएर आफूले अन्यथा नगरेको उनले स्टाटसमा लेखेका छन्।