१७ वर्षपछि विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआईले १२५ करोड दिने

1 Jul, 2024
Share:
117 Shares

१७ वर्षपछि भारतलाई टी–२० विश्वकप उपाधि दिलाउने टिमलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (बिसिसिआई) १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्चलन मार्फत विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने घोषणा गरेका हुन्।
‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु,’ उनले लेखेका छन्, ‘टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ। यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई!’

फाइनल दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि उपििध जितेको थियो। त्यसअघि भारतले सन् २००७मा पहिलो संस्करणको उपाधि जितेको थियो।