स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिम अल नासर किंग्स कपको उपाधिबाट वञ्चित भएको छ। शुक्रबार राति भएको फाइनलमा पेनाल्टी सुटआउटमा चुकेपछि अल नासर उपाधिबाट बञ्चित भएको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अल नासरलाई सडन डेथमा ५–४ले हराउँदै उपाधि अल हिलालले जितेको छ।
पेनाल्टीमा अल हिलालका एलेक्जान्डर मिट्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे।
निर्धारित समयको खेल १–१को बरारीमा सकिएको थियो। सातौं मिनेटमा हिलालका लागि मिट्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
५६औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । त्यसपछि ऊ १० खलाडीम समेडियो।
८७ औं मिनेटमा हिलालका अली अल बुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए। त्यसको १ मिनेटपछि नै अल नासरले बराबरी गोल फर्कायो।
८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो। ९० औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटियो। उसका कालीडो कोलीबाली दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए।
तर, अल नासरले अतिरिक्त समयमा अल नासरले त्यसको फाइदा उठाउन सकेन। यो सिजन नै अल हिलालसँग लगातार दोस्रो फाइनल हारेपछि रोनाल्डो मैदानमै रोकएका थिए। पराजित भएपछि निकैबेर मैदानमा मुख छोपेर लडेका उनलाई टिमका स्टाफहरुले निकैबेपछि उठाएका थिए।