यो सिजको युरोपिनय च्याम्पियनको फाइलन आज राति हुँदै छन्। इंग्ल्यान्डको बेम्बली रंगशालामा राति १२ः४५ बजे हुने फाइनलमा प्रतियोगिताको सदाबहार स्पेनिस क्लब रियल मड्रिड र यो जिन डार्कहर्सका रुपमा आएको जर्मन क्लब बोरुसिया डर्टमन्ड भीड्ने छन्।
१५औं उपाधि उचाल्ने योजनाम रहेको रियल स्वभाविक रुपमा डर्टमन्डभन्दा बलियो। प्रतियोगितामा बलियो डिफेन्सको नमूना पस्कँदै आएको डर्टमन्डलाई रियलको आक्रमण रोक्ने चुनौती हुनेछ।
किनभने यो सिजन रियलको आक्रमण निकै खतरानाक छ । जसमा भिनिसियसन जुनियर मुख्य हुन्, उत्कृष्ट लयमा रहेका भिनिसियन आफ्नो पेस र ड्रिब्लिङ स्किलले जुनसुकै समय जस्तोसुकै खतरनाक डिफेन्स पनि तोड्न सक्षम छन्।
उनलाई रोड्रिगो, जुड बेलिङ्घमको साथ पनि रहनेछ। यस्तै, रियलको अट्याकिङ बेन्च पनि उत्तिकै बलियो। जसमा इनफर्म ब्राहिम डियान, जोसेलु र अर्डा गुलेर छन्। लुका मोड्रिच र टोनी क्रुसको अनुभवले पनि मिडफिल्डमा रियललाई थप बलियो बनाएको छ। उसको डिफेन्ड पनि उत्तिकै बलियो।
घरेलु लिगमा ठीकठाक प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा अविश्वसीय प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको डर्टमन्ड पनि त्यति कमजोर भने छैन। उसका लागि जाडोन सान्चो, करिम एडेमी, निकोलस फुलक्रुग, म्याट हुमल्स महत्वपूर्ण छन्।
रियललाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने हो भने डर्टमन्डले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। त्यसमा पनि सान्चोको भूमिका महत्वपूर्ण हुनेछ। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा डर्टमन्डले सेमिफाइनलमा पिएसजीलाई हराएको थियो।