सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

विश्वकपको उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको उद्घाटन खेलमा उसले छिमेकी मुलुक क्यानडामाथि ७ विकेटको शानदार जित निकाल्यो।

अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।उसका लागि आरोन जोन्सनले विस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ४ चौका र १० छक्का मद्दतमा नटआउट ९४ रन बनाए।

उसका लागि आन्द्रिस गौसले ४६ बलमा ७ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए। आन्द्रेस र आरोनले तेस्रो विकेटका लागि १३१ रनको शतकीय साझेदारी गर्दै टिमलाई जितको बाटो देखाएका थिए । यस्तै, कप्तान मोनांक पटेलले १६ रन बनाए।

बलिङमा क्यानडाका कलिम सना, डिलोन हेलिगर र निखिल दत्तले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले नवनीत धालिवाल र निकोलश क्रिटोनको अर्धशतक मद्दतमा निर्धातिर ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनायो। धलिवालले ४४ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए।

यस्तै, क्रिटोनले ३१ ब्लमा ३ चौका र २ छक्का मद्दतमा ५१ बनाउँदा श्रैयस मोवाले १६ बलमा ३२, आरोन जोन्सन १६ बलमा २३ रनको योगदान दिए।

बलिङमा अलि खान, हर्मित सिंह र कोरी एन्डरसनले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज राति अर्को आयोजक वेस्टइन्डिजले पपुवा न्युगिनीको सामाना गर्ने भने भोलि बिहान ओमान र नामिबिया भीड्ने छन्।

सेयर गर्नुहोस्

1.4KShares