नेपाल र नेदरल्यान्ड्सबीचको टुँटिखेलमा लाइभ देखाइने, कन्सर्ट पनि हुने

4 Jun, 2024

नेपालले आज एक शतकपछि टि–२० विश्वकपमा आफ्नो खेल कौशल देखाउँदैछ। सन् २०१४ पछि विश्वशपमा पुगेको नेपाली टिमले आज राति सवा ९ बजे हुने खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ।

यो खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ। ओपन डोर इन्टरटेनमेन्ट र काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपालको खेल प्रत्यक्ष प्रसारण गरिन लागेको हो। जसमा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि गरिने जानकारी गराइएको छ। कार्यक्रममा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भियोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा खाजा र खानाका निम्ति विभिन्न स्टल पनि राखिने बताइएको छ।

करिब पाँच हजार खेलकुदप्रेमी टुँडिखेलमा भेला भई नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको ओपन डोर इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले बताए।

निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा मंगलबार बेलुका ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ। प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल आज राति सवा ९ बजे सुरु हुनेछ ।