सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेदरल्यान्ड्सले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने, काे काे परे टिममा?

DALLAS, TEXAS – JUNE 04: Kushal Bhurtel of Nepal inspects the pitch ahead of the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

एक दशकपछि टि २० विश्वकपमा खेल्न लागेको नेपालले पहिलो खेलमा पहिला ब्याटिङ गर्र्ने भएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा वर्षाका कारण केही पछाडि धकेलिएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ।

खेल सुरु हुनुअघि आएको वर्षाका कारण मैदान भिजेका कारण नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाई भएको हो। नेपाली समयअनुसार खेल ९ः१५ मा सुरु हुनुपर्ने थियो।

नेपाल र नेदरल्यान्ड्स दुवैको यस विश्वकपमा यो पहिलो खेल हो । कठिन मानिएको समूह ‘डी’मा नेपाल र नेदरल्यान्ड्सबाहेक, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।

नेपाली टिम : कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाल

सेयर गर्नुहोस्

1.3KShares