सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपालले दुवै ओपनरलाई सस्तैमा गुमायो, अनिल र रोहित क्रिजमा

DALLAS, TEXAS – JUNE 04: Kushal Bhurtel and Aasif Sheikh of Nepal speak in the middle during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

अमेरिका र वेस्टइन्डिजमा जारी टि २० विश्वकपको पहिलो खेलमा नेपालले खराब सुरुआत गरेको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमायो।

नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए। कुशल लोगन भान डे विकको बलमा एलबिडब्लु आउट भए भने आसिफ टिम प्रिङगलको बलमा क्याच आउट भए।

७ ओभरको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ३९८ रन बनाएको छ। अहिले क्रिजमा रोहितकुमार पौडेल र अनिल साह छन्। रोहितले ११ र अनिलले १० रन बनाएका छन्।

सेयर गर्नुहोस्

1.6KShares