टि–२० विश्वकप : नामिबियामाथि स्कटल्यानडको जित

7 Jun, 2024

अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकपमा स्कटल्याण्ड विजयी भएको छ। शुक्रबार बिहान भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हरायो।

यो जितसँगै स्कटल्यानड ३ अंकसहित शीर्ष स्थानमा उक्एिको छ। वर्षाका कारण इंग्ल्यान्डविरुद्धको खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका थिए। यता, पहिलो खेलमा ओमानलाई सुपर ओभरमा हराएको नामिबियाको यो पहिलो हार हो।

बार्बादोसको ब्रिजटाउनमा १५६ रनको लक्ष्य स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान रिची बेरिङ्टनले सर्वाधिक ४७ रन बनाए। एनले ३५ बलमा समान २ चौका र छक्का प्रहार गरे।

यस्तै, मिचेल लेस्कले १७ बलमा ३५ रनको विस्फोटक इनिङ खेले । उनले ४ छक्का प्रहार गरे। मिचेल जोन्सले २० बलमा २६ र ब्रान्डन म्याकमुलेलनले १७ बलमा १९ रनको योगदान दिए।

बलिङ नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले २ तथा रुबेन तेरुपेलमन, ताङ्गेनी लुंगामेनी र बर्नार्ड स्कोल्ट्जले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नामिबियाले कप्तान इरास्मसको अर्धशतक मद्दतमा ९ विकेटको क्षतिमा १५५ रन बनायो। उसका इरास्मसले ३१ बलमा ५ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए।

यस्तै, जान ग्रीनले २७ बलमा २८, निकोलस डाविनले १२ बलमा २० र डेविड विसाले १३ बलमा १४ रनको योगदान दिए।

बलिङमा स्कल्यान्डका ब्राड वेल ३ तथा ब्राड करीले २ विकेट लिए।