सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

हाइस्कोरिङ म्याचमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

शनिबार राति ब्रिजटाउनमा जारी टि–२० विश्वकपकै हाइस्कोरिङ म्याच भयो। दुई ठूला टिम अस्ट्रेलिया र इंग्ल्यान्डबीचको हाइस्कोरिङ म्याचमा अस्ट्रेलिया ३६ रनले विजयी भयो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान जोश बट्लरले सर्वाधिक ४० रन बनाए। उनले २८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, फिल सल्टले २३ बलमा ३७ बनाए।

सल्ट र बट्लरले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुईबाहेक मोइन अलीले १५ बलमा २५, ह्यारी ब्रुक्सले १६ बलमा २० र लिअम लिभिङ्सटनले १२ बलमा १५ रन बनाए।

बलिङमा अस्ट्रेलियाका एडम जाम्पा र पाट कमिन्सले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनायो। उसलाई त्रविस हेठ र डेविड वार्नरले ५ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए। वार्नरले २६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन बनाए।

यस्तै, हेडले १८माल २ चौका र ३ छक्का मद्दतमा ३४ रन बनाउँदा कप्तान मिचेल मार्सले २५ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३५ रन बनाए। मार्कस स्टोइनिसले १७ बलमा ३० रन बनाउँदा ग्लेन म्याक्सेवेलले २५ बलमा २८ र म्याथु वेडले १० बलमा १७ रन बनाए।

बलिङमा इंग्ल्यान्डका क्रिस जोर्डनले २ तथा मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लिभिङ्टनले समान १ विकेट लिए।

समूह बीमा अस्ट्रेलियाको यो लागातार दोस्रो जित हो। यसअघि उसले ओमानलाई हराएको थियो। यता, इंग्ल्यान्ड भने जित बिहीन छ। स्कटल्यान्डसँगको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।

सेयर गर्नुहोस्

1.3KShares