अकिल हुसेनको घातक बलिङ, वेस्टइन्डिजविरूद्ध युगान्डा ३९ रनमै अलआउट

9 Jun, 2024
Share:
117 Shares

स्पिनर अकिल हुसेनले घातक बलिङ गरेपछि १७४ रनको ठूलो लक्ष्य पछ्याएको युगान्डा ३९ रनमै ललआउट भएको छ। यो टि–२० विश्वकपकै सबैभन्दा कम योगफल हो। यसअघि सन् २०१४मा नेदरल्यान्डपछि ३९ रनमै लअआउट भएको थियो।

आयोजक वेस्टइन्डिजविरुद्ध युगान्डाका एक खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सकेन। उसका जुमा मियागीले २० बलमा १३ रन बनाए। त्यसपछिको सर्वाधिक स्कोर ६ थियो।

युगान्डाको इनिङ धरासायी बनाउने क्रममा अकिल हुसेनले ४ ओभरमा ११ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, अल्जारी जोसेफले २ तथा रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुदाकेस मोतीले समान १ विकेट लिए।

गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनायो। उसका लागि ओपनर जोन्सन चाल्सले सर्वाधिक ४४ रन बनाए। उनले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, आन्द्रे रसेलले १७ बलमा ३० रन बनाउँदा कप्तान रोवमन पावलले १८ बलमा २३ बनाए भने निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ रन बनाए।

बलिङमा युगान्डाका बसिन मासाबाले २ तथा अल्पेस राम्जानी, कस्मस केयुटा र दिनेश नक्रानीले समान १ विकेट लिए।

जारी प्रतियोगितामा वेस्टइन्डिजको यो लागतार दोस्रो जित हो। पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको वेस्टइन्डिज ४ अंकसहित समूह सीमा दोस्रो स्थानमा छ। ऊ अफगानिस्तानसँग रनरेटमा पछि परेको छ। यता, युगान्डाले ३ खेलम १ जित निकलोको छ।