टि–२० विश्वकपमा आज भारत र पाकिस्तानको भीडन्त, कसले मार्ला बाजी?

9 Jun, 2024
Share:
117 Shares

जारी टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भीड्दै छन्।

समुह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ।

यी दुई टोलीको खेललाई विश्वकपमा ठूलो प्रतिस्पर्धी खेलका रुपमा हेरिएको छ। यसलाई राजनीतिक रुपमा पनि हेरिने भएकाले यो खेललाई प्रतिष्ठाको लडाईका रुपमा हेरिन्छ।

दुवै टिमको यो विश्वकपको दोस्रो खेल हो। भारतले पहिलो खेलमा आयरल्यान्ड्सविरुद्ध सहज जित निकालेको थियो भने पाकिस्तान अप्रत्यासित रुपमा पहिलो पटक विश्वकप खेलिरहेको आयोजक अमेरिकासँग पराजित भएको थियो।

टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक भीडेका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।

आजको खेल भारतका लागि भन्दापछि पाकिस्तानका लागि महत्वपूर्ण हुनेछ। आजको खेल हारेमा अघिल्लो संस्करणको फाइनलिस्ट समूह चरणबाटै बाहिरिने खतरा बढ्नेछ। प्हिलो खेल जितेकाले भारत भने सहमज अवस्थामा छ।