विश्वकप छनोटको अन्तिम खेलमा नेपालले यममलाई रोक्यो, सञ्जिव र जिलेस्पीले तोडे नेपालको गोलको खडेरी

12 Jun, 2024
Share:
117 Shares

सन् २०२६ को फिफा विश्वकप र २०२७ को एसियन कपको संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनलाई बराबरीमा रोकेको छ।

साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहमद फहद स्टेडियममा भएको खेलमा नेपालले यमनलाई २–२को बराबरीमा रोकेको हो। योसँगै नेपालले छनोटको समूह एचमा पहिलो अंक पनि जोडेको छ।

नेपाल अन्तिम केही मिनेट सम्हालिन नसक्दान पहिलो जितबाट बञ्चित भएको थियो। खेलको आठौं मिनेटमै यमनलले अग्रता लियो। नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।

तर, त्यो अग्रता लामो समय टिकेन। २२औं मिनेटमा सन्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए। यो नेपालको दोस्रो चरणको छनोटको पहिलो गोल हो।

पहिलो हाफ १–१ कै अवस्थामा सकियो। दोस्रो हाफमा नेपालले अग्रता लियो। ६६औं मिनेटमा जिलेस्पीजंग कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए।

तर, इन्जुरी समयका गोल खान पुग्दा नेपाल जितबाट वञ्चित भयो। इन्जुरी समयको पहिलो मिनेटमा यमनका मोहमेमद अल दाहीले गोल गरेका थिए।

योसँगै नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङका लागि सयौं खेल अविस्मरणीय भयो। उनी नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी हुन्।

६ खेलमा कूल २० गोल बेहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो। यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पारजित भयो। समूहको पुछारमा रहेका नेपाल र यमन दुवै बाहिरिएका छन्।