जाम्पाको घातक बलिङमा नामिबियामाथि अस्ट्रेलियाको सहज जित, तेस्रो जितसँगै पुग्यो सुपर ८

12 Jun, 2024

स्पिनर एडम जाम्पाले घातक बलिङ गरेपछि जारी टि–२० विश्वकपमा अस्ट्रेलियाले लागतार तेस्रो जित निकालेको छ। वेस्टइन्डिजको नर्थ साउन्डमा बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियामाथि ९ विकेटको सहज जित निकालेको छ।

यो जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८मा पुगेको छ। यसअघि उसले इंग्ल्यान्ड र ओमानलाई हराएको थियो। अब उसले लिगको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ।

नामिबियाले दिएको ७३ रनको झिनो लक्ष्य अस्ट्रेलियाले पावर प्लेमै भेट्टायो। उनले ५.४ ओभरमा लक्ष्य भेट्टायो।

उसका लािग त्रविस हेडले १७ बलमा ५ चौका र २ छक्का मद्दतमा ३४ रन बनाउँदा डेविड वार्नरले ८ बलमा ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए। यस्तै, कप्तान मिचेल मार्सले ९ बलमा १८ रन बनाए।

अस्ट्रेलियाको एकमात्र विकेट डेविड विसाले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो। उसका लागि कप्तान जेरार्ड इरास्मसले ४३ बलमा ३६ र मिचेल भान लिगेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउ सकेनन्।

नामिबियाको इनिङ धरासायी बनाउने क्रममा एडम जम्पाले ४ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, जोश हेजलउ र मार्कस स्टोइनिसले समान २ ििवकेट लिए।