विश्वकप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

13 Jun, 2024
Share:
117 Shares

फिफा विश्वकप २०२६ एसियन छनोटको दोस्रो चरणको खेल खेलेर नेपाली फुटबल टिम स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए।

‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठूलो उपलब्धी हो। हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्यौं हाम्रो नयाँ टिम हो,’ उनले भने, ‘म मेरो टिमप्रति गर्व गर्छु। हामी अझै धेरै अगाडि जानु छ । हाम्रो टिममा धेरै युवाहरु छन्, उनीहरुले देशको लागि अझै गर्नुछ।’

नेपाले यसैसाता साउदी अरबमा युएई र यमनसँग विश्वकप छनोटको खेल खेलेको थियो।

नेपाल युएईसँग ४–०ले पराजित भएको थियो भने यमनसँग नेपालले २–२को बराबरी खेलेको थियो।