थिएगो मोटा बने युभेन्टसको प्रशिक्षक

13 Jun, 2024
Share:
117 Shares

ब्राजिलियन थिएगो मोटा इटालियन क्लब युभेन्ट्सको प्रशिक्षक बनेका छन्। क्लबले बुधबार मोटा युभेन्ट्सको प्रशिक्षक बनेको घोषणा गरेको हो।

४१ वर्षीय मोटा युभेन्टसमा ३ सिजन रहनेछन्। उनको सम्झौता सन् २०२७ को जुन ३० सम्म रहनेछ।

मोटाले युभेन्ट्समा मासिमिलियानो एलेग्रीको स्थान लिने छन्। युभेन्टसले एलेग्रीलाई कोपा इटालियाको उपाधि जितेलगत्तै बर्खास्त गरेको थियो।

यसअघि मोटाले अर्को इटालिनय क्लब बोलोग्नाको प्रशिक्षक थिए। बोलोग्नामा २ सिजन रहँदा उनेको टिमलाई राम्रो प्रदर्शन गराउन सफल भएका थिए। त्यहाँ उनले ४६ प्रतिशत खेल जितेका थिए।

खेलाडीका रुपमा बार्सिलोना, एट्लेटिको मड्रिड, पिएसजी, इन्टर मिलान, जिओनाबाट व्यवसायिक फुटबल खेलेका उनले राष्ट्रिय टिमबाट भने ब्राजिल र इटाली दुवैबाट खेलेका थिए। उनले ब्राजिलबाट २ र इटालीबाट ३२ खेल खेलेका थिए।