फिफा वरियतामा नेपाली महिला टिम २ स्थामाथि उक्लियो

14 Jun, 2024
Share:
117 Shares

फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान माथि उक्लिएको छ।

फिफाले शुक्रबार गरेको अपडेट अनुसार वरीयतामा नेपाली महिला टिम दुई स्थानमा सुधारसहित ९८औं स्थानमा उक्लिएको छ। यसअघि नेपाली टिम वरीयताको १००औं स्थानमा थियो।

नेपाल दक्षिण एसियाली क्षेत्रमा भने दोस्रो स्थानमा छ। दक्षिण एसियामा नेपालभन्दा माथि रहेको भारत एक स्थान खस्किँदै ६७औं स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औं स्थानमा यथावत् छ।

चौथो स्थानको श्रीलका १५७औँ, पाँचौं स्थानको पाकिस्तान १५८, छैटौं स्थानको माल्दिभ्स १६१औं र सातौं स्थानको भुटान वरीयताको १७३औं स्थानमा छन् ।

विश्व वरीयतामा भने स्पेन शीर्ष स्थानमा कायमै छ। वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथो स्थानमा जर्मनी र पाँचौं स्थानमा अमेरिका छन्।

स्पेन सन् २०२२ को फिफा महिला विश्वकप च्याम्पियनसमेत हो।