एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

14 Jun, 2024
Share:
117 Shares

विभागीय टोली नेपाल एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएको छ। आगामी अगस्टमा हुने एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको प्रतिनिधित्व एपिएफले गर्ने भएको हो।

सन् २०२२ को राष्ट्रिय महिला लिग च्याम्पियनको हैसियतमा एपिएफले च्यम्पियनसिप खेल्न लागेको हो।

महिला च्याम्पियनसिप लिगको प्रारम्भिक छनोट अगस्ट २५ देखि ३१ सम्म हुनेछ। समूह चरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ। फाइनल खेल सन् २०२५ को मा हुनेछ।

महिला च्याम्पियनसिपमा २२ टोलीले स्पर्धा गनेछन्। सन् २०२४ को मार्च १५ सम्म फिफा महिला वरियताको शीर्ष आठ राष्ट्रका टोलीले सिधै समूह चरणमा स्थान बनाउनेछन्।

अन्य १४ क्लबले भने प्रारम्भिक चरण पार गनुपर्नेछ। चार टोलीको दुई समूह र बाँकी तीन टोलीको दुई समूह बनाइनेछ। चार समूहका विजेताले समूह चरणमा स्थान बनाउनेछन्।

प्रारम्भिक चरणका खेलहरू जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डमा हुनेछ।