क्रोएसियामाथि स्पेनको सानदार जित, स्विरट्ल्यानडले हंगेरीलाई हरायो

16 Jun, 2024

जारी युरोकपमा स्पेनले विजयी सुरुआत गरेको छ। ग्रुप अफ डेथका रुपमा रहेको समूह बीमा शनिबार राति स्पनेले क्रोएसियामािथ ३–०को सहज जित निकाल्यो।

बर्लिन रंगशालामा भएको खेलमा स्पनेले तीनै गोल पहिलो हाफमा गरेको थियो। उसलाई कप्तान अल्भारो मोराटाले २९ मिनेटमा गोल गर्दै अग्रता दिलाए। उनले फाबियन रुइसको उत्कृष्टमा पासमा गोल गरेका थिए।

लगत्तै स्पेनले अग्रता दोब्बर बनायो। ३२औंमा पेड्रीको पासमा फाबियन रुइसले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डानी कार्भजलले लामिन यमानलको पासमा गोल गरेपछि स्पेनले पहिलो हाफमै ३–०को अग्रता लियो।

दोस्रो हाफमा भने गोल हुन सकेन्। क्रोएसियाले गोलको सुन्दर अवसर गुमायो। ८०औं मिनेटमा उसले पेनाल्टी पाएको थियो। पेट्रोभिच पेनाल्टीमा चुके। उनको प्रहार स्पेनका गोलकिपर उनाइ सिमोनले रोकेका थिए। त्यसकै फलोथ्रुमा इभान पेरेसिचको पासमा पेट्रोभिचले नै गोल गरे पनि त्यसले मान्यता पाएन।

यस्तै, शनिबार भएको समूह एको खेलमा स्वीट्जरल्यान्डले हंगेरीमाथि ३–१को जित निकाल्यो। खेलमा स्वीट्जरल्यान्डका लागि क्वाडो डुह, मिचेल एविस्चर र बरिल इम्बोलोले गोल गरेका थिए भने हंगेरीका बर्नबास भर्गाले गोल गरेका थिए।