अग्रता जोगाउन नसक्दा डेनमार्क स्लोभेनियासँग रोकियो, पोल्यान्डमाथि नेदरल्यान्ड्सको पुनरागमन जित

17 Jun, 2024
Share:
117 Shares

जारी युरोकपमा डेनमार्क र स्लोभेनियाले बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा डेमानर्कले स्लोभेनियासँग १–१को बरारबी खेल्दै अंक बाँडेको हो।

स्टुटगार्ड एरिनाान क्रिस्टियन एरिक्सनले १७औं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए। अघिल्लो संस्करणमा हार्टहट्याकपछि मैदानमै डढेका एरिसक्नले मैदान फर्कँदै गोल गरेका हुन्।

सुरुआतमै अग्रता लिँदै स्लोभेनियामाथि दबाबमा बनाएपनि डेनमार्कले पहिलो हाफमा थप गोल गर्न सकेन। तर, ७७औं मिनेटमा स्लोभेनियाले बराबरी गोल फर्कायो। उसका लागि एरिक जान्जाले गोल गरेका थिए।

यस्तै, अर्को खेलका नेदरल्यान्डले पोल्यान्डमाथि २–१को पुनरागमन जित निकालेको छ। खेलमा पोल्यान्डले १६औं मिनेटमा एडम बुक्साको गोलमा अग्रता लिएको थियो। तर, २९औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए।

त्यसपछि वोउट वेगहोस्टले ८३औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। ८१औं मिनेटमा मेम्फिस डिपेको स्थान मैदान प्रवेश गरेका उनले पहिलो टसमै गोल गरेका हुन्।