वेलिङ्घमको गोलमा युरोकपमा इंग्ल्यान्डको जित

17 Jun, 2024
Share:
117 Shares

युवास्टार जुड वेलिङ्घमको गोलमा इंग्ल्यान्डले युरोकपमा विजयी सुरुआत गरेको छ। आइतबार राति भएको खेलमा गत संस्करणको फाइनलिस्ट इंग्ल्यान्डले सर्बियामाथि १–०को जित निकाल्यो।

वेलिङ्घमले १३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टिमले गोलको प्रयास गरेपछि गोल भने हुन सकेन्।

खेलमा इंग्ल्यान्डले ५४ प्रतिशत बल पोजेसन बनाउँदै ५ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो। यता, सर्बियाले ६ सट प्रहार गर्दा १ सटमात्र फ्रेममा थियो।

योसँगै इंग्ल्यान्डले गेराथ साउथगेटको प्रशिक्षणमा चार ठूलो प्रतियोगिताको पहिलो खेल जितेको छ। साउथगेटको प्रशिक्षमा इंग्ल्यान्ड सन् २०१८ र २०२२को विश्वकप र सन् २०२० र २०२४को युरोकपमा पहिलो खेल जितेको छ।