युरोकपमा चम्केलान एम्बाप्पे ?

17 Jun, 2024

शुक्रबारदेखि युरोकप २०२४ जर्मनीमा सुरु भएको छ।

२४ देश सहभागी प्रतियोगितामा आज राति फ्रान्सले अस्ट्रियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। उत्कृष्ट खेलाडीहरुले भरिएको फ्रान्स प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार हो।

त्यो किनभने उसले पछिल्ला दुई विश्वकपको फाइनल लगातार खेलेको छ, एक पटक च्याम्पियन पनि बनेको छ।

फ्रान्सको खेल भने एकै खेलाडीमा केन्द्रित हुन सक्नेछ, ती हुन्, केलियन एमबाप्पे।

विश्व फुटबलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम त एमबाप्पे नै हो । ड्रिब्लिङ, तीव्र गति र अचूक फिनिसिङका लागि चिनिने एमबाप्पे फ्रान्सेली टिमकै लागि लयमा छन् । यसपल्ट उनी टिमको कप्तान हुन् ।

गत सिजन पीएसजीका लागि ४४ गोल गरेका एमबाप्पेले अबको सिजन रियल म्याड्रिडका लागि खेल्दै छन् । फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ । यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्नेछ ।

उनी यसै सिजज फ्रि ट्रान्फरमा आफ्नो सपनाको क्लब रियल मड्रियमा आबद्ध भएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]