रोनाल्डोले कीर्तिमान बनाएकाे खेलमा पोर्चुगलको जित

19 Jun, 2024

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले युरोकपमा विजयी सुरुआत गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले चेकिया (चेक रिपब्लिक)माथि २–१को पुनरागमन जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेकियाले ६२औं मिनेटमा सुरुआती अग्रता लियो। उसका लुका पोभार्डले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

६९औं मिनेटमा पोर्चुगलले खेललाई बराबरीमा ल्यायो। नुनो मेन्डिसको हेडिङ चेकियाका गोलकिपरले रोकेको बल डिफेन्डर रोबिन हरानको खुट्टामा लाग्दै गोल भएको थियो।

दोस्रो हाफको अतिरिक्त सयाको दोस्रो मिनेटमा फ्रान्सिस्को कोन्सेकाओले गोल गरेपछि पोर्चुगलले २–१ गोलको पुनरागमन जित निकाल्यो। ९०औं मिनेटमा भिटिन्हाको स्थानमा मैदान प्रवेश गरेका उनले पहिलो टचमै गोल गरेका थिए।

यो खेलसँगै रोनाल्डोले युरोकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। उनले सन् २००४ देखि युरोकप खेलिरहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]