सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

विश्वकपको खराब प्रर्दशनपछि केन विलियम्सनले छाडे कप्तानी

जारी टि–२० विश्वकपमा न्युजिल्यान्डले खराब प्रदर्शन गरेपछि टिमका कप्तान केन विलियम्सनले पद छाडेका छन्।

३३ वर्षीय विलियम्सले टि–२० र एकदिवसीय टिमको कप्तानबाट राजीनामा दिएका हुन्। उनले टेस्ट टिमको भने कप्तानी गर्नेछन्। उनले कप्तानी छाडेपछि टिमलाई खेलाडीका रुपमा योगदान दिइरहने बताएका छन्।

विश्वकपमो न्यूजिल्याण्ड समूह रचणबाटै बाहिरिएको थियो। उसले ४ मध्ये २ खेल मात्र जितेको थियो। पिएनजी र केन्यालाई हराएको न्युजिल्याण्ड अफगानिस्तान र वेस्टइन्डिजसँग पराजित भएको थियो।

कप्तानी छाड्दै विलियम्सनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन्।

सेयर गर्नुहोस्

1.2KShares