अल्बानियाले क्रोएसियालाई रोक्यो

19 Jun, 2024
Share:
117 Shares

लुका मोड्रिचको टिम क्रोएसिया जारी युरोकपमा बराबरीमा रोकिएको छ। बुधबार साँझ भएको खेलमा क्रोएसिया अल्बानियासँग अन्तिम केही क्षण सम्हालिन नसक्दा २–२को बराबरीमा रोकिएको हो।

खेलमा क्रोएसियाका लागि आन्द्रे क्रामारिचले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। अल्बानियाका क्वाजिम लकी र क्वाउस गजसुलाले गोल गरे।

खेलमा ११ औं मिनेटमा लकीले गोल गर्दै अल्बानियालाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

पहिलो हाफमा दबाबमा खेलेको क्रोएसियालो दोस्रो हाफ उत्कष्ट सुरुआत गरेको थियो। तर, उसलाई गोलका लागि ७४औं मिनेटसम्म कुर्नु परेको थियो। उसका क्रामारिचले गोल गरेका थिए। लगत्तै ७६औं मिनोटमा डिफ्लेक्ट भएर आएको बलमा गजसुलाले आफ्नै पोस्टमा गोल गरेपछि क्रोएसियाले खेलमा अग्रता लियो।

खेलमा क्रोएसिया जिततर्फ अग्रतसर थियो। तर, गजसुलाले नै इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै अल्बानियालाई हारबाट जोगाए।

खेलमा क्रोएसियाले ६८ प्रतिशत बल पोजेसन बनाउँदै २२ सट प्रहार गर्दा १० सट फ्रेममा थियो। यता, अल्बानियाले १५ मध्ये ७ सट फ्रेममा हानेको थियो।

यो बराबरीसँगै दुवै टिमलाई नकआउट चरण पुगन कठीन देखिएको छ। दुवै टिम पहिलो खेलमा पराजित भएका थिए। क्रोएसिया स्पेन र अल्बानिया इटालीसँग पराजित भएको थियो।