हंगेरीलाई हराउँदै जर्मनी नकआउटमा, रोकियो स्वीट्जरल्यान्ड

20 Jun, 2024
Share:
117 Shares

आयोजक जर्मनी जारी युरोकपको नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ। प्रतियोतिगामा लागतार दोस्रो जित निकाल्दै जर्मनी अन्तिम १६मा पुगेको हो।

लागतार दोस्रो जित निकाल्ने क्रममा जर्मनीले बुधबार राति हंगेरीमाथि २–०को जित निकाल्यो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डमाथि ३–१को जित निकालेको थियो।

स्टुटगार्ड एरिनामा जर्मनीले २२ औं मिनेटमा जमाल मुसिएलाको गोलमा अग्रता लियो। पहिलो हाफमै जर्मनी र हंगेरी दुवैको समान १ गोल रद्द हुँदा पहिलो हाफ १–०मै सकिएको थियो।

कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा जर्मनी विजयी भयो।

यस्तै यही समूहेका अर्को खेलमा स्वीट्जरल्यान्ड स्कटल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ। खेलमा १३औं मिनेटमा स्कट म्याकटोमिनेको गोलमा स्कटल्यान्ड सुरुआती अग्रता लिएको थियो। २६औं मिनेटमा जद्रान सकिरीले स्वीट्जरल्यान्डका लागि बराबरी गोल गरेका थिए।

समूह एमा जर्मनी ६ अंकसहित शीर्ष स्थानमा छ भने स्वीट्जरल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा छ। स्कटल्यान्डको १ अंक छ भने हंगेरी अंकबिहीन छ।