इटालीलाई हराउँदै स्पेन नकआउटमा

21 Jun, 2024
Share:
117 Shares

स्पेन जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूहको दोस्रा् खेलमा बिहीबार राति डिफेन्डिङ च्याम्पियन इटालीलाई १–०ले हराउँदै स्पेन नकआउट चरणमा पुग्ने दोस्रो टिम बनेको हो।

यसअघि उसले पहिलो खेलमा क्रोएसियालाई ३–०ले हराएको थियो। स्पेनभन्दा अगाडि नै जर्मनीले नकआउटमा स्थान पक्का गरिसकेको छ।

खेलको सुरुआतदेखि नै इटाली माथि दबाब बनाए पनि स्पेनले पहिलो हाफमा गोल भने गर्न सकेन। तर, दोस्रो हाफमा पनि उसले आत्मघाती गोलमार्फत ५५औं मिनेटमा अग्रता लियो। निको विलियम्सको क्रस इटलीका डिफेन्डर रिकार्डो कालाफिओरीको खुट्टमा डिफ्लेक्टँदै गोल भएको थियो। त्यसपछि थप गोल हुन नसक्दा स्पेन १–०ले विजयी भयो।

समूह बीबाट इटाली, क्रोएसिया र अल्बानियाकै नकआउट सम्भावना कायम छ। इटालीको ३ तथा क्रोएसिया र अल्बानियाको समान १ अंक छ। अब अन्तिम खेलमा इटालीले क्रोएसिया र स्पेनले अल्बानियासँग खेल्नेछन्।