एसिसी रनिङ शिल्ड फुटबलमा डनबस्को विजयी

21 Jun, 2024
Share:
117 Shares

विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ।

विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा, र तनुज राजवंशीले गोल गरेका थिए। पहिलो खेलमा पराजित हुदै विद्यालय फर्किएको सत्यनारायणका लागि साजीद आलम र भरतकुमार चौधरीले गोल फर्काएका थिए।

प्रतियोगिता अन्र्तगत शनिबार ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए ।

प्रतियोगिता संयोजक समेत रहेका कार्कीका अनुसार सुनसरी र मोरङका ४४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ सय ८० विद्यार्थी खेलाडी र ४४ प्रशिक्षक मैदानमा उत्रनेछन् ।

प्रतियोगिताको उपाधि भीडन्त असार १८ गते हुने उनले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टीकाराम पुरी, महानगरपालिका–१ का वडाध्यक्ष काजी बस्नेत, विराट गोल्डकपका पूर्व अध्यक्ष सन्तोष बानियाँ लगायतले गरेका थिए।