लगातार छैठौं जित निकाल्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

22 Jun, 2024

जारी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ। लागतार छैठौं जित निकाल्दै ऊ सेमिफाइनल नजिक पुगेको छ।

प्रतियोगितामा लागतार छैठौं र सुपर ८मा दोस्रो जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हरायो।

गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो। इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक बनाए। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए।

यस्तै, लियम लिभिङस्टोनले १७ बलमा ३ चौका र २ छक्का हानेर ३३ रन बनाउँदा कप्तान जोश बट्लर १७ र जोनी बरिस्टोले १६ रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका कगिसो रबाडा र केशव महाराजले समान २ विकेट लिए। तथा ओटनेल बार्टमन र एनरिच नोर्त्जीले १र१ विकेट लिए।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। उसका लागि ओपनर क्वीन्टन डिककले अर्धशतक बनाए। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६५ रन बनाए।

यस्तै, डेविड मिलरले २८ बलमा ४ चौका र २ छक्का हानेर ४३ रन बनाउँदा ओपनर रेजा हेन्ड्रिक्सले २५ बल खेलेर १ चौकाको मद्दतले १९ रन बनाए।

बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा मोइन अली र अदिल रसिदले समान र१ विकेट लिए।

सुपर आठमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग र इंग्ल्याण्डले अमेरिकासँग अन्तिम खेल खेल्नेछ। अन्तिम परारजित भएपनि ऊ सेमिफाइनल पुगने सक्नेछ।